logo

२०८३ भाद्र २७ शनिबार

‘मास्टर्नी’ अगाडि, ‘हली’ दोस्रो र ‘लज्जावती’को व्यापार कमजोर

‘मास्टर्नी’ अगाडि, ‘हली’ दोस्रो र ‘लज्जावती’को व्यापार कमजोर

  • kollywood 1
  • सोमबार, १५ भाद्र २०८३
247
SHARES
‘मास्टर्नी’ अगाडि, ‘हली’ दोस्रो र ‘लज्जावती’को व्यापार कमजोर

नेपाली चलचित्रको पछिल्लो बक्सअफिस रिपोर्टमा **‘मास्टर्नी’**ले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको देखिएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको प्रदर्शनरत नेपाली चलचित्रको तथ्यांकअनुसार ‘मास्टर्नी’ले हालसम्म ३९ लाख ५२ हजार ८ सय ५९ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

फिल्मलाई अहिलेसम्म ११ हजार ९ सय ९६ जना दर्शकले हेरेका छन् । अभिनेत्री प्रियंका कार्की, सिम्रन खड्का र प्रमोद अग्रहरिको मुख्य भूमिका रहेको ‘मास्टर्नी’लाई बंगाली निर्देशक सुवेन्धू घोषले निर्देशन गरेका हुन् ।

त्यस्तै, प्रदर्शनरत अर्को चलचित्र **‘हली’**ले पनि बक्सअफिसमा २३ लाखभन्दा बढीको कारोबार गरेको छ । फिल्मले आइतबारसम्म २३ लाख ११ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने ८ हजार ४ सय ६३ जना दर्शकले फिल्म हेरेका छन् ।

ओम प्रतीकको निर्देशन रहेको ‘हली’मा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्कीलगायत कलाकारको अभिनय रहेको छ ।

यता **‘लज्जावती’**को व्यापार भने यी दुई चलचित्रको तुलनामा कमजोर देखिएको छ । चलचित्रले हालसम्म ७ लाख ७५ हजार ४ सय ७० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्म हेर्ने दर्शकको संख्या २ हजार ७ सय ३५ रहेको छ ।

राजबहादुर सानेको निर्देशनमा बनेको ‘लज्जावती’मा मुकुन भुसाल र श्रीकृष्ण निरौलाको मुख्य भूमिका रहेको छ । पछिल्लो बक्सअफिस तथ्यांकले तीन चलचित्रमध्ये ‘मास्टर्नी’ले दर्शक तान्न सफल हुँदा ‘लज्जावती’को व्यापार भने निकै कम रहेको देखाएको छ ।


सोमबार, १५ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go