logo

२०८३ भाद्र २७ शनिबार

बिहे गरेको पाँच महिनामै र्‍यापर बादशाह र ईशा रिखी अलग

बिहे गरेको पाँच महिनामै र्‍यापर बादशाह र ईशा रिखी अलग

  • kollywood 1
  • मंगलबार, १६ भाद्र २०८३
338
SHARES
बिहे गरेको पाँच महिनामै र्‍यापर बादशाह र ईशा रिखी अलग

भारतीय चर्चित र्‍यापर बादशाह र पञ्जाबी अभिनेत्री तथा मोडल ईशा रिखीबीचको वैवाहिक सम्बन्ध टुंगिएको छ । विवाह गरेको पाँच महिनामै दुवैले अलग हुने निर्णय गरेका हुन् ।

बादशाह र ईशा रिखीले सोमबार राति सामाजिक सञ्जालमार्फत सम्बन्धविच्छेदको पुष्टि गरेका हुन् । दुवैले आपसी सहमतिमा छुट्टाछुट्टै बाटो रोजेको बताएका छन् ।

बादशाहले सामाजिक सञ्जालमा आफूहरू आपसी सम्मानका साथ अगाडि बढ्ने उल्लेख गर्दै यो विषयमा गोपनीयता कायम गरिदिन आग्रह गरेका छन् । साथै, आफ्नो सम्बन्धबारे थप अड्कलबाजी नगर्न फ्यान तथा सञ्चारमाध्यमलाई अनुरोध गरेका छन् ।

केही सातादेखि नै बादशाह र ईशाबीच सम्बन्धमा दरार आएको चर्चा हुँदै आएको थियो । जुलाईदेखि उनीहरू अलग हुन लागेको खबर भारतीय सञ्चारमाध्यममा सार्वजनिक हुन थालेका थिए ।

ईशा रिखीले सन् २०१३ मा पञ्जाबी फिल्म ‘जट्ट ब्वाय पुट जट्टा दी’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । त्यसपछि उनले विभिन्न पञ्जाबी फिल्ममा अभिनय गरेकी छन् भने सन् २०१८ मा ‘नवाबजादे’मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् ।

बादशाहको यो दोस्रो सम्बन्धविच्छेद हो । उनले यसअघि सन् २०१२ मा जस्मिन मसिहसँग विवाह गरेका थिए । उनीहरूको एक छोरीसमेत छिन् । तर, सम्बन्धमा समस्या आएपछि उनीहरू सन् २०२० मा अलग भएका थिए ।

यसपछि बादशाहको जीवनमा ईशा रिखी आएकी थिइन् । केही समयको सम्बन्धपछि उनीहरूले विवाह गरेका थिए । तर, विवाहको पाँच महिना नपुग्दै उनीहरूको वैवाहिक सम्बन्ध भने टुंगिएको छ ।


मंगलबार, १६ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go