logo

२०८३ भाद्र २७ शनिबार

प्राकृतिक विपत्तिमा कलाकार शारदा गिरीको साथ, राहत कोषमा ५ लाख सहयोग

प्राकृतिक विपत्तिमा कलाकार शारदा गिरीको साथ, राहत कोषमा ५ लाख सहयोग

  • kollywood 1
  • बुधबार, १७ भाद्र २०८३
481
SHARES
प्राकृतिक विपत्तिमा कलाकार शारदा गिरीको साथ, राहत कोषमा ५ लाख सहयोग

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगका लागि कलाकार शारदा गिरीले सरकारी राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेकी छन् ।

देशभर प्राकृतिक विपत्तिले ठूलो जनधनको क्षति भइरहेका बेला पीडितको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले गिरीले व्यक्तिगत तर्फबाट उक्त रकम प्रदान गरेकी हुन् ।

कलाकार गिरीले सामाजिक सञ्जालमार्फत आफूले सकेको सहयोग गर्नुपर्ने समय आएको भन्दै राहत कोषमा ५ लाख रुपैयाँ जम्मा गरेको जानकारी दिएकी छन् । उनका छोराछोरीहरूले समेत यसअघि राहतका लागि सहयोग गरिसकेको उनले उल्लेख गरेकी छन् ।

देश र जनता दुःखमा रहेका बेला आफूले पनि केही योगदान गर्नुपर्छ भन्ने भावनाले व्यक्तिगत रूपमा सहयोग गरेको गिरीको भनाइ छ । उनले विपत्तिको समयमा गरिएको सहयोग जति भए पनि कम हुने बताएकी छन् ।

शारदा गिरी नेपाली मनोरञ्जन क्षेत्रमा परिचित कलाकार हुन् । उनी विभिन्न टेलिशृङ्खला तथा चलचित्रमा अभिनय गर्दै आएकी छन् । विशेषगरी ‘हल्का रमाइलो’ लगायतका टेलिशृङ्खलामा उनको अभिनय दर्शकमाझ लोकप्रिय छ ।

प्राकृतिक विपत्तिपछि राहत तथा उद्धारका लागि कलाकार, सामाजिक अभियन्ता, विभिन्न संघसंस्था तथा सर्वसाधारणबाट सरकारी राहत कोषमा सहयोग जुट्ने क्रम जारी छ । यही अभियानमा जोडिँदै कलाकार गिरीले पनि ५ लाख रुपैयाँ सहयोग गरेकी हुन् ।


बुधबार, १७ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go