logo

२०८३ भाद्र २३ मंगलबार

बाढीपहिरोको पीडामा रचना रिमाल, अस्ट्रेलियाका सबै तीज कार्यक्रम रद्द

बाढीपहिरोको पीडामा रचना रिमाल, अस्ट्रेलियाका सबै तीज कार्यक्रम रद्द

  • kollywood 1
  • बुधबार, १७ भाद्र २०८३
325
SHARES
बाढीपहिरोको पीडामा रचना रिमाल, अस्ट्रेलियाका सबै तीज कार्यक्रम रद्द

नेपालमा आएको विनाशकारी बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला नेपाली कलाकारहरू पनि पीडितको साथमा उभिन थालेका छन्। यही क्रममा लोकप्रिय गायिका रचना रिमालले अस्ट्रेलियामा तय भएका आफ्ना सम्पूर्ण सांगीतिक कार्यक्रम रद्द गरेकी छन्।

रिमाल केही समयअघि तीजका अवसरमा आयोजना हुने विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया पुगेकी थिइन्। अस्ट्रेलियाका विभिन्न सहरमा ‘तीज उत्सव २०२६’ अन्तर्गत उनका करिब १० वटा कार्यक्रम तय भएका थिए।

तर, नेपालमा बाढीपहिरोका कारण उत्पन्न मानवीय संकट र ठूलो क्षतिप्रति संवेदनशील हुँदै उनले ती सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेकी हुन्। एनआरएनए वुमेन्स फोरम नारी निकुञ्ज अस्ट्रेलियाको आयोजनामा हुने कार्यक्रमहरूमा सहभागी नहुने जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएकी छन्।

देश शोक र संकटको अवस्थामा रहेका बेला सांगीतिक कार्यक्रम गर्नु भन्दा देशप्रति ऐक्यबद्धता जनाउनु आवश्यक ठानेर आफूले यस्तो निर्णय गरेको रिमालले बताएकी छन्।

कार्यक्रम रद्द गर्नुपरेकोमा उनले आफ्ना शुभेच्छुक, दर्शक, आयोजक, प्रायोजक, सहयोगी तथा स्वयंसेवकहरूसँग क्षमासमेत मागेकी छन्।

यसअघि पनि नेपाली कलाकारहरूले बाढीपहिरो प्रभावितका लागि आर्थिक सहयोगदेखि राहत तथा उद्धार अभियानसम्ममा साथ दिँदै आएका छन्। पछिल्लो समय कलाकारहरूको यस्तो कदमले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वप्रतिको उनीहरूको प्रतिबद्धता पनि देखाएको छ।


बुधबार, १७ भाद्र २०८३
सम्बन्धित समाचार
Go