logo

२०८३ भाद्र २६ शुक्रबार

‘पुतलीको भट्टी भाग–२२’ अन्तर्गत गायिका विष्णु माझीको नयाँ तीज गीत ‘घरबार’ सार्वजनिक

‘पुतलीको भट्टी भाग–२२’ अन्तर्गत गायिका विष्णु माझीको नयाँ तीज गीत ‘घरबार’ सार्वजनिक

  • kollywood 1
  • बुधबार, १७ भाद्र २०८३
416
SHARES
‘पुतलीको भट्टी भाग–२२’ अन्तर्गत गायिका विष्णु माझीको नयाँ तीज गीत ‘घरबार’ सार्वजनिक

लोकप्रिय गायिका विष्णु माझीको स्वरमा नयाँ तीज गीत ‘घरबार’ सार्वजनिक भएको छ । सपना म्युजिकको प्रस्तुतिमा आएको गीत ‘पुतलीको भट्टी भाग–२२’ अन्तर्गत सार्वजनिक गरिएको हो ।

सुन्दरमणि अधिकारीको रचना तथा संगीत रहेको गीतमा घरपरिवार, वैवाहिक जीवन र आमासँग जोडिएका भावनालाई प्रस्तुत गरिएको छ । गीतका शब्दमार्फत आफ्नो घरबारको अवस्था आमासामु सुनाउँदै गरेको भावलाई प्राथमिकता दिइएको छ ।

‘घरबार’को भिडियोमा ललिता पौडेल, बाल कलाकार पारिसा कडेल, महिमा आचार्य र जियाना चार्यको अभिनय रहेको छ । भिडियोको निर्देशन तथा निर्माण सुन्दरमणि अधिकारीले गरेका हुन् भने छायांकन शम्भु चालिसेले गरेका छन् ।

विष्णु माझीका तीज गीत हरेक वर्ष दर्शक तथा श्रोतामाझ चर्चामा रहने गरेका छन् । यस वर्ष सार्वजनिक ‘घरबार’ले पनि तीजको माहोलमा दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।

पूरा भिडियो 


बुधबार, १७ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go