logo

२०८३ भाद्र २७ शनिबार

राहत कोषमा माग्ने बुढाले हाले १० हजार १ रुपैयाँ, स्क्रिनसट राख्दा के भयो ?

राहत कोषमा माग्ने बुढाले हाले १० हजार १ रुपैयाँ, स्क्रिनसट राख्दा के भयो ?

  • kollywood 1
  • शुक्रबार, १९ भाद्र २०८३
208
SHARES
राहत कोषमा माग्ने बुढाले हाले १० हजार १ रुपैयाँ, स्क्रिनसट राख्दा के भयो ?

हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १० हजार १ रुपैयाँ सहयोग गरेका छन्।

लामो समयदेखि अमेरिकामा रहेका घिमिरेले क्यूआरमार्फत राहत कोषमा रकम जम्मा गरेका हुन्। आफूले सहयोग गरेको जानकारी दिँदै उनले रकम जम्मा गरेको स्क्रिनसट सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए।

तर, स्क्रिनसट सार्वजनिक गर्दा रकम लुकाउन खोज्दा १० हजार १ रुपैयाँ देखिएपछि सामाजिक सञ्जालमा उनको सहयोगको रकमलाई लिएर विभिन्न प्रतिक्रिया आउन थाले।

घिमिरेले स्क्रिनसटमा रकम देखाउन नचाहेको भन्दै रकममा कालो पोतेका थिए। तर, माथिल्लो भागमा रहेको १० हजार १ रुपैयाँ भने देखिएको थियो। त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको सहयोग रकमलाई लिएर समर्थन र आलोचना दुवै गरेका छन्।

केहीले आर्थिक हैसियतअनुसार सहयोग कम भएको भन्दै प्रश्न उठाएका छन् भने केहीले सहयोगको रकम ठूलो वा सानोभन्दा पनि विपत्तिका बेला सहयोग गर्ने भावना महत्वपूर्ण हुने बताएका छन्।

घिमिरेले पछि स्क्रिनसट सम्पादन गर्दै माथि देखिएको रकमसमेत छोपेका थिए। तर, त्यसअघि नै उक्त पोस्ट धेरैले हेरेका कारण सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया सार्वजनिक भइसकेका थिए।

यसअघि गायिका एलिना चौहानले पनि प्रधानमन्त्री राहत कोषमा २५ हजार रुपैयाँ सहयोग गरेपछि सामाजिक सञ्जालमा ट्रोलको सामना गर्नुपरेको थियो। विपत्तिका बेला आफ्नो क्षमताअनुसार गरिएको सहयोगलाई रकमका आधारमा मूल्याङ्कन गर्न नहुने आवाज पनि उठ्दै आएको छ।


शुक्रबार, १९ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go