logo

२०८३ भाद्र २७ शनिबार

‘झिङ्गे दाउ २’को प्रचारमा नयाँ शैली, बसमै टिकट काट्न सकिने

‘झिङ्गे दाउ २’को प्रचारमा नयाँ शैली, बसमै टिकट काट्न सकिने

  • kollywood 1
  • शुक्रबार, १९ भाद्र २०८३
299
SHARES
‘झिङ्गे दाउ २’को प्रचारमा नयाँ शैली, बसमै टिकट काट्न सकिने

आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘झिङ्गे दाउ २’ले प्रचारप्रसारमा नयाँ शैली अपनाएको छ । चलचित्र निर्माण टिमले नेपाल यातायातसँग सहकार्य गर्दै बसमै यात्रा गर्दा फिल्मको टिकट काट्न सकिने व्यवस्था मिलाएको हो ।

नेपाल यातायातका ८० वटा बसका सिट कभरमा चलचित्रका क्यूआर कोड राखिएका छन् । यात्रुले क्यूआर कोड स्क्यान गरेर ‘झिङ्गे दाउ २’को टिजर हेर्नुका साथै क्यूएफएक्स चेनका हलमा चलचित्रको टिकटसमेत काट्न सक्नेछन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, सरोज खनाल, वसुन्धरा भुसाललगायत कलाकारको अभिनय रहेको छ । चलचित्र कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रियु नेपाल प्रा.लि.को ब्यानरमा निर्माण भएको हो ।


शुक्रबार, १९ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go