logo

२०८३ भाद्र २७ शनिबार

बलिउडमा डेब्यू गर्दै अरबाज र मलाइकाका छोरा अरहान

बलिउडमा डेब्यू गर्दै अरबाज र मलाइकाका छोरा अरहान

  • kollywood 1
  • शुक्रबार, १९ भाद्र २०८३
234
SHARES
बलिउडमा डेब्यू गर्दै अरबाज र मलाइकाका छोरा अरहान

बलिउड अभिनेता अरबाज खान र अभिनेत्री मलाइका अरोडाका छोरा अरहान खान बलिउडमा डेब्यू गर्ने तयारीमा छन् । लामो समयदेखि उनको फिल्मी प्रवेशबारे चर्चा हुँदै आए पनि अब भने एक्सन फिल्ममार्फत डेब्यू गर्ने खबर सार्वजनिक भएको छ ।

अरहान निर्देशक अनिरुद्ध अय्यरको आगामी एक्सन फिल्ममा देखिने बताइएको छ । यद्यपि, फिल्मको शीर्षक र अरहानले निर्वाह गर्ने भूमिकाबारे अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।

अरहान पछिल्लो समय बलिउडका विभिन्न कार्यक्रम, पार्टी तथा सामाजिक समारोहमा देखिँदै आएका छन् । अब भने उनले आफ्ना बुबा अरबाज खान र आमा मलाइका अरोडाको बाटो पछ्याउँदै अभिनय करिअर सुरु गर्ने तयारी गरेका हुन् ।

निर्देशक अनिरुद्ध अय्यरले यसअघि आयुष्मान खुराना र जयदीप अहलावत अभिनीत ‘एन एक्सन हिरो’ निर्देशन गरेका थिए । अरहानको डेब्यूबारे उनका अभिभावक वा निर्देशकबाट भने अहिलेसम्म औपचारिक घोषणा भएको छैन ।


शुक्रबार, १९ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go