logo

२०८३ भाद्र २७ शनिबार

गौँथली’ले प्रदर्शनको ५१औँ दिन पूरा

गौँथली’ले प्रदर्शनको ५१औँ दिन पूरा

234
SHARES
गौँथली’ले प्रदर्शनको ५१औँ दिन पूरा

नेपाली चलचित्र ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । प्रदर्शनको लामो यात्रा तय गर्ने क्रममा चलचित्रले देशभरका तीन दर्जनभन्दा बढी हलमा आफ्नो प्रभाव कायम राखेको छ ।

हाल ‘गौँथली’ ४३ वटा हलमा ५९ शोसहित प्रदर्शन भइरहेको निर्माण पक्षले जनाएको छ । निर्माता सुमन गिरीका अनुसार चलचित्रले हालसम्म २८ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँको कलेक्सन गरेको छ ।

पछिल्लो समय नेपाली चलचित्रलाई हलमा लामो समय टिकाउन कठिन भइरहेको अवस्थामा ‘गौँथली’ले भने ५१औँ दिनसम्मको यात्रा तय गरेको हो । चलचित्रले कमाइका हिसाबले ‘पूर्ण बहादुरको सारङ्गी’पछि नेपाली चलचित्र उद्योगकै दोस्रो स्थान हासिल गरेको निर्माण पक्षको दाबी छ ।

५१औँ दिनसम्म पनि दर्शकको साथ निरन्तर पाउँदा निर्देशक डा. कपिल रिजालले खुसी व्यक्त गरेका छन् । आफ्नो मेहनत र दर्शकको मायाकै कारण यो सफलता सम्भव भएको भन्दै उनले दर्शकप्रति आभार व्यक्त गरेका छन् । दर्शकको विश्वासले आफूहरूलाई आगामी काममा थप जिम्मेवार बन्न प्रेरित गरेको उनको भनाइ छ ।

डा. कपिल रिजाल निर्देशित चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा सरला रिजाल कार्यकारी निर्माता तथा सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेका छन् ।


शनिबार, २० भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go