logo

२०८३ भाद्र २७ शनिबार

चलचित्र ‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ लाइ दर्शकको राम्रो साथ

चलचित्र ‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ लाइ दर्शकको राम्रो साथ

78
SHARES
चलचित्र ‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ लाइ दर्शकको राम्रो साथ

अविनाश विक्रम शाह निर्देशित चलचित्र ‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ ले प्रदर्शनको सुरुवाती दिनमै दर्शकको राम्रो साथ पाएको छ। शनिबार दिनभर वर्षा हुनुका साथै रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण आवागमन प्रभावित भए पनि चलचित्रका लागि हलमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको हो।

काठमाडौंका अधिकांश हलमा शनिबारका शोमा उच्च अकुपेन्सी देखियो भने एक दर्जनभन्दा बढी शो हाउसफुल भएका थिए। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले दर्शक तथा चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया पाएपछि दोस्रो दिन त्यसको प्रभाव बक्सअफिसमा समेत देखिएको निर्माण पक्षको भनाइ छ।

चलचित्रको विषयवस्तु र प्रस्तुतिको प्रशंसा गर्दै विभिन्न चलचित्रकर्मी तथा जानकारहरूले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिइरहेका छन्। निर्देशक शाहका अनुसार प्रतिकूल मौसम र बाढीको प्रभावका बीच पनि दर्शकले देखाएको साथले निर्माण टिमलाई थप उत्साहित बनाएको छ।

निर्देशक शाहले चलचित्रले पाएको सकारात्मक ‘वर्ड अफ माउथ’का कारण आगामी दिनमा दर्शक संख्या अझ बढ्ने अपेक्षा गरेका छन्। उनका अनुसार अधिकांश दर्शकले चलचित्रलाई राम्रो प्रतिक्रिया दिइरहेका छन्।

कान्ससहित विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाउँदै अवार्डसमेत जितिसकेको यस चलचित्रले जंगली हात्तीको आतंकबाट प्रभावित एउटा बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्छ।

चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय रहेको छ।

शाहकै पटकथा रहेको चलचित्रको कथा अविनाश विक्रम शाह र सन्दीप बादलले तयार गरेका हुन्। नेपालसँगै फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा चलचित्र निर्माण गरिएको हो।

नेपालबाट अनुप पौडेल तथा फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स निर्माता छन्। चलचित्रमा विभिन्न देशका निर्मातासहित प्रचण्डमान श्रेष्ठ, तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लरलगायत सह–निर्माता तथा निर्माता जोडिएका छन्।

चार्ल्स अडिनेट लाइन प्रोड्युसर रहेको चलचित्रमा केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी एशोसिएट निर्माता छन्। अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट प्रवेश गुरुङ सह–निर्माता तथा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एशोसिएट निर्माता रहेका छन्।


आइतबार, २१ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go