logo

२०८३ भाद्र २६ शुक्रबार

‘पेन्सन पट्टा’को नयाँ गीतमा प्रेमको भाव

‘पेन्सन पट्टा’को नयाँ गीतमा प्रेमको भाव

  • kollywood 1
  • सोमबार, २२ भाद्र २०८३
91
SHARES
‘पेन्सन पट्टा’को नयाँ गीतमा प्रेमको भाव

माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक गरिएको छ । प्रेम र मायाको भाव समेटिएको गीतमा सुरज तामुको शब्द तथा सङ्गीत र सुज तथा शान्ति श्री परियारको स्वर रहेको छ । गीतको भिडियोमा मनोज गुरुङ र अनुशा राईले अभिनय गरेका छन् ।

भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मले लाहुरे जीवन, पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम र त्यागलाई कथाको केन्द्रमा राखेको छ । बाबुको पेन्सनपट्टामा पहिलो पत्नीको नाम भेटिएपछि हराएकी जेठी आमाको खोजीमा निस्कने पात्रमार्फत पारिवारिक विगत र पहिचानको कथा प्रस्तुत गरिएको छ । फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राईलगायत कलाकारको अभिनय छ ।


सोमबार, २२ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go