टेलिभिजन शृङ्खला ‘हल्का रमाइलो’ र ‘जुठे’का कलाकार टोलीले आफ्ना शृङ्खलाको छायाङ्कन रोकेर भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा सक्रियता देखाएको छ ।
मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’सहितको टोलीले नुवाकोटका विभिन्न स्थानमा राहत वितरण गरेपछि रसुवातर्फ पुगेको हो । टोलीले प्रहरी तथा उद्धारकर्तासँग मिलेर बेत्रावतीमा पहिरो र लेदोमा पुरिएकी ६४ वर्षीया चन्डिका श्रेष्ठको उद्धारमा समेत सहयोग गरेको थियो ।
११ दिनदेखि पुरिएकी वृद्धालाई जीवितै उद्धार गरिएपछि कलाकार पुकु र साहुनीले आफ्ना लुगा तथा पछ्यौरा दिएका थिए । विपद्का बेला व्यक्तिगत कामभन्दा राहत र उद्धारलाई प्राथमिकता दिनुपर्ने भन्दै कलाकार टोली निरन्तर प्रभावित क्षेत्रमा खटिएको जनाएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd