logo

२०८३ भाद्र २६ शुक्रबार

‘झिँगेदाउ २’को तीज गीत सार्वजनिक

‘झिँगेदाउ २’को तीज गीत सार्वजनिक

260
SHARES
‘झिँगेदाउ २’को तीज गीत सार्वजनिक

संविधान दिवसको अवसर पारेर आगामी असोज २ गते अर्थात् १८ सेप्टेम्बरबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘झिँगेदाउ २’को तीज गीत सार्वजनिक भएको छ । ‘धागो छिन्यो चर्खाको’ बोलको गीतले जेठानी र देउरानीबीचको जुहारी तथा घोचपेचलाई रमाइलो शैलीमा प्रस्तुत गरेको छ ।

बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा गायिका एलिना चौहान र रचना रिमालको स्वर सुन्न सकिन्छ । तीजको माहोललाई केन्द्रमा राखेर तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेत्री केकी अधिकारी र आँचल शर्माले दमदार नृत्य गरेका छन् ।

फिल्ममा जेठानी र देउरानीको भूमिकामा देखिएका केकी र आँचलको आपसी टकरावलाई गीतको भिडियोमा समेत रोचक ढंगले प्रस्तुत गरिएको छ । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । निर्माण पक्षले गीतले यस वर्षको तीजमा दर्शकमाझ छुट्टै उत्साह सिर्जना गर्ने अपेक्षा गरेको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको ‘झिँगेदाउ २’मा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन र विजय देउजालगायत कलाकारको अभिनय छ ।

यो फिल्म २०७९ सालमा प्रदर्शनमा आएको ‘झिँगेदाउ’को सिक्वेल हो । सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्ममा विष्णु घिमिरे (कल्पित)को डीओपी, मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

परिच्छेद सेनले पटकथा तथा संवाद लेखेको फिल्मको कथा गोविन्द फुयाल र शिशिर चालिसेको हो ।


सोमबार, २२ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go