logo

२०८३ भाद्र २६ शुक्रबार

मिर्जापुरः द मूभी’को बक्स अफिसमा तहल्का, तीन दिनमै ९३ करोड पार

मिर्जापुरः द मूभी’को बक्स अफिसमा तहल्का, तीन दिनमै ९३ करोड पार

247
SHARES
मिर्जापुरः द मूभी’को बक्स अफिसमा तहल्का, तीन दिनमै ९३ करोड पार

लोकप्रिय वेब सिरिज ‘मिर्जापुर’मा आधारित फिल्म ‘मिर्जापुरः द मूभी’ले ठूलो पर्दामा पनि दर्शकको राम्रो साथ पाइरहेको छ । ओटीटीमा लामो समय चर्चा कमाएको सिरिजको फिल्म संस्करणले रिलिजपछि भारतीय बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको हो ।

फिल्मका अधिकांश शोहरू भारतका विभिन्न हलमा हाउसफुल भइरहेका छन् । टिकट बुकिङमा देखिएको उच्च मागले पनि फिल्मप्रतिको दर्शक आकर्षणलाई पुष्टि गरेको छ । पंकज त्रिपाठी, अली फजल, दिव्येन्दु शर्मा, रवि किशन, जितेन्द्र कुमार र अभिषेक बनर्जीजस्ता कलाकारको अभिनय रहेको फिल्मले सुरुवाती दिनमै बलियो पकड बनाएको हो ।

फिल्मले प्रदर्शनको पहिलो दिन २५ करोड ७५ लाख भारुको नेट कलेक्सन गरेको थियो । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि दोस्रो दिन कमाइमा उल्लेख्य वृद्धि भयो । शनिबार फिल्मले ३२ करोड भारु नेट कमाएको बताइएको छ ।

आइतबार पनि फिल्मको व्यापार उकालो लाग्यो । तेस्रो दिन करिब १२.५ प्रतिशतको वृद्धि गर्दै फिल्मले ३६ करोड भारु नेट कलेक्सन गरेको छ । यससँगै तीन दिनमा भारतमा फिल्मको कुल नेट कमाइ ९३ करोड ७५ लाख भारु पुगेको छ ।

विश्वव्यापी ग्रस कलेक्सन भने तीन दिनमा १३२ करोड ३५ लाख भारु पुगेको जनाइएको छ । यही रफ्तार कायम रहे सोमबार नै फिल्मले भारतमा १०० करोडको नेट कलेक्सन पार गर्ने अपेक्षा गरिएको छ ।

‘मिर्जापुरः द मूभी’को सफलताले चर्चित वेब सिरिजलाई फिल्ममा रूपान्तरण गर्ने प्रयोगलाई थप बल दिएको छ । ओटीटीमा स्थापित पात्र र कथालाई ठूलो पर्दामा लैजाँदा दर्शकको आकर्षण कायम रहन सक्ने संकेत यस फिल्मको व्यापारले दिएको छ ।

गुरमीत सिंहको निर्देशनमा बनेको फिल्मलाई फरहान अख्तरले निर्माण गरेका हुन् ।


सोमबार, २२ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go