logo

२०८३ असोज ३० शुक्रबार

‘गौँथली’को कमाइ २५ करोड ८६ लाख नाघ्यो

‘गौँथली’को कमाइ २५ करोड ८६ लाख नाघ्यो

  • kollywood 1
  • सोमबार, २२ भाद्र २०८३
455
SHARES
‘गौँथली’को कमाइ २५ करोड ८६ लाख नाघ्यो

नेपाली चलचित्र ‘गौँथली’ले बक्स अफिसमा २५ करोड ८६ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । चलचित्र विकास बोर्डको भदौ २१ गते राति ११ः५९ बजेसम्मको तथ्यांकअनुसार फिल्मले २५ करोड ८६ लाख २८ हजार ६१५ रुपैयाँ कमाएको हो ।

साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौँथली’लाई अहिलेसम्म ९ लाख ३० हजार ७४४ दर्शकले हेरेका छन् । योसँगै फिल्म नेपाली चलचित्रको सर्वाधिक कमाइ गर्ने सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । यसअघि दोस्रो स्थानमा रहेको ‘कबड्डी–४’को रेकर्ड ‘गौँथली’ले तोडेको हो । सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको पहिलो स्थानमा भने ‘पूर्ण बहादुरको सारङ्गी’ रहेको छ ।

डा. कपिल रिजाल निर्देशित फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराललगायत कलाकारको अभिनय छ ।


सोमबार, २२ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go