logo

२०८३ भाद्र २६ शुक्रबार

तीज म्युजिक अवार्डमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

तीज म्युजिक अवार्डमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

  • kollywood 1
  • मंगलबार, २३ भाद्र २०८३
234
SHARES
तीज म्युजिक अवार्डमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

‘म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३’ का विभिन्न २२ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । तीज गीत गायिका विधामा देवी घर्ती, पूजन काफ्ले, शान्तिश्री परियार, रिता केसी र लक्ष्मी पुरी प्रधान उत्कृष्ट पाँचमा परेका छन् ।

आर्टिस्ट अफ नेपाल डटकमको प्रस्तुति तथा शुभकामना मिडिया सोलुसनको आयोजनामा हुँदै आएको अवार्डको पाँचौँ संस्करण आगामी शुक्रबार काठमाडौंको बिजुली बजारस्थित क्रिस्टल पार्टी भेन्युमा आयोजना हुने आयोजकले जनाएको छ ।

यस वर्ष बजारमा आएका तीज गीतलाई आधार बनाएर गायन, संगीत, शब्द, मिक्सिङ, मोडल, निर्देशन, कोरियोग्राफी, छायांकन र सम्पादनलगायत २२ विधामा मनोनयन गरिएको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय महिलालाई नारीरत्न, कला, पत्रकारिता, व्यवसाय, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रतर्फ सम्मानसमेत गरिनेछ ।

सर्वोत्कृष्ट तीज गीततर्फ एलिना चौहानको ‘नौरती फूली’, पशुपति म्युजिकको ‘छोरा बनाइ दे’, हमाल म्युजिकको ‘छेक्यो बरै बादलुले’, सुमित्रा कोइरालाको ‘आयो मलाई झलिको’ र उषा मलाहको ‘चट्टै परेर’ मनोनयनमा परेका छन् ।


मंगलबार, २३ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go