नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’ दोस्रो सातामा प्रवेश गरेको छ । दर्शकको साथ पाइरहेको फिल्मको प्रचारलाई निरन्तरता दिँदै निर्माण पक्षले तेस्रो गीत ‘भगवान् सबैको होइन र’ सार्वजनिक गरेको हो ।
ममता गुरुङको स्वर रहेको गीतमा प्रशान्त सिवाकोटीको संगीत र युवराज काफ्लेको शब्द छ । गीतको भिडियोमा मुख्य अभिनेत्रीसमेत रहेकी नीता ढुङ्गाना देखिएकी छन् । भावनात्मक शैलीमा तयार पारिएको गीतले फिल्मको कथासँग जोडिएका विषयलाई प्रस्तुत गर्छ ।
फिल्ममा नीतासँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायतको अभिनय छ । यसअघि ‘मेरी दिदी’ र ‘नौतुना रेल’ बोलका दुई गीत सार्वजनिक भइसकेका छन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd