अभिनेता दयाहाङ राईले फिल्म ‘पेन्सन पट्टा’ लाहुरे परिवारको कथामा मात्र सीमित नरहेको बताएका छन् । उनका अनुसार फिल्मले लाहुरे परिवारमा अवकाशपछि देखिने उतारचढाव, पेन्सनसँग जोडिएका समस्या तथा त्यसले पारिवारिक सम्बन्धमा पार्ने प्रभावलाई प्रस्तुत गरेको छ ।
दयाहाङले फिल्ममा दुई पुस्ताबीचको प्रेम, सम्बन्ध, जिम्मेवारी र बदलिँदो समयलाई समेत देखाइएको बताए । लाहुरे समुदायको वीरता र सफलताका कथा धेरै आए पनि अवकाशपछिको पारिवारिक जीवन र त्यससँग जोडिएका विषय पर्दामा कमै आएको उनको भनाइ छ ।
माओत्से गुरुङ निर्देशित फिल्म आगामी शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा दयाहाङसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, लुनीभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd