रियालिटी शो ‘द हिमालय भिल्ला’को मुख्य प्रस्तोताका रूपमा अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकार चयन भएका छन् । शोमा मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेलले सह–प्रस्तोताको भूमिका निभाउनेछिन् ।
अडिसनबाट छानिएका पाँच युवती र आठ युवाले ‘भिल्ला क्विन’ र ‘भिल्ला किङ’ बन्न प्रतिस्पर्धा गर्नेछन् । प्रेम, सम्बन्ध, चुनौती, प्रतिस्पर्धा र रणनीतिलाई केन्द्रमा राखिएको शोमा महिला सशक्तीकरणको सन्देशसमेत प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ । डिजिटल अडिसन भदौ २७ गतेदेखि सुरु हुनेछ । डि.आर. पाण्डेको निर्देशनमा बन्ने शो कात्तिक २५ गते सार्वजनिक गर्ने तयारी छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd