भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘बेहुली’को अग्रिम टिकट बिक्री सुरु भएको छ । प्रदर्शनअघि नै फिल्मले देशभरका हलमा सयभन्दा बढी शो पाएको निर्माण पक्षले जनाएको छ ।
क्यूएफएक्स, आईएनआई सिनेमाज, फ्रेन्ड्स सिनेमा, वन सिनेमालगायत मल्टिप्लेक्स तथा अन्य हलमा फिल्मले उल्लेख्य शो पाएको हो । ट्रेलर सार्वजनिक भएको २४ घण्टामै युट्युबमा १० लाखभन्दा बढी भ्युज पुगेपछि फिल्मप्रति दर्शकको चासो बढेको निर्माण पक्षको भनाइ छ ।
सशान कँडेल निर्देशित फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियालगायत कलाकारको अभिनय छ । फिल्मको लेखन माधव शर्माले गरेका छन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd