logo

२०८३ भाद्र २६ शुक्रबार

‘अक्षरा’को प्रदर्शन मिति सर्‍यो, अब मंसिरमा आउने

‘अक्षरा’को प्रदर्शन मिति सर्‍यो, अब मंसिरमा आउने

195
SHARES
‘अक्षरा’को प्रदर्शन मिति सर्‍यो, अब मंसिरमा आउने

अभिनेत्री न्यान्सी खड्काको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘अक्षरा’ अब भदौ २६ गते प्रदर्शनमा नआउने भएको छ। निर्माण कम्पनी क्षित बाबु प्रोडक्सन हाउसले बुधबार विज्ञप्ति जारी गर्दै तत्कालीन परिस्थितिलाई ध्यानमा राखेर चलचित्रको प्रदर्शन स्थगित गरिएको जनाएको हो।

निर्माण पक्षका अनुसार चलचित्र अब मंसिर २४ गतेदेखि हलमा प्रदर्शन हुनेछ।

यद्यपि, प्रदर्शन स्थगनको पछाडि देशको परिस्थितिसँगै चलचित्रले पाएको सीमित शो पनि प्रमुख कारण बनेको स्रोतको दाबी छ। मंगलबारदेखि सुरु भएको अग्रिम टिकट बुकिङमा ‘अक्षरा’ले देशभर जम्मा २४ शो मात्र पाएको थियो। यति न्यून शोमा चलचित्र प्रदर्शन गर्दा लगानी उठाउन कठिन हुने देखिएपछि मिति सार्ने निर्णय गरिएको बुझिएको छ।

विनयराज पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा न्यान्सीसँगै रिस्ता बस्नेत, सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्का, प्रीसा ढुङ्गाना र त्रिलोचन न्यौपानेलगायत कलाकारको अभिनय छ।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको चलचित्रमा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता छन्। सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता हुन्।

चलचित्रको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने अभिमन्यु निरवी र विनयराज पौडेलले पटकथा तथा संवाद तयार पारेका छन्। कर्णराज गिरीको संगीत, दिपेन बस्न्यातको छायांकन र गौतमराज खड्काको सम्पादन रहेको छ।

अब ‘अक्षरा’ले मंसिर २४ गते नयाँ प्रदर्शन मितिमा दर्शकमाझ आउने लक्ष्य राखेको छ।


बुधबार, २४ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go