logo

२०८३ भाद्र २६ शुक्रबार

‘माया बस्छ कि के हो !’**को ट्रेलर सार्वजनिक

‘माया बस्छ कि के हो !’**को ट्रेलर सार्वजनिक

91
SHARES
‘माया बस्छ कि के हो !’**को ट्रेलर सार्वजनिक

असोज २ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘माया बस्छ कि के हो !’को ट्रेलर सार्वजनिक भएको छ। करिब तीन मिनेट लामो ट्रेलरमा प्रेम, सम्बन्धमा आउने उतारचढाव र विदेशमा जीवन बिताइरहेका नेपाली युवाको संघर्षलाई कथाको मुख्य आधार बनाइएको देखिन्छ।

फिल्मका मुख्य पात्र सोनाल लामा र कस्मता निरौलाबीचको प्रेम सम्बन्ध ट्रेलरको केन्द्रमा छ। प्रेममा देखिने आकर्षणदेखि सम्बन्धमा आउने जटिलता र चुनौतीसम्मका विभिन्न पक्षलाई ट्रेलरमा समेटिएको छ। यससँगै अध्ययन तथा रोजगारीका लागि विदेश पुगेका युवाले भोग्ने संघर्ष र परिस्थितिलाई पनि कथासँग जोडिएको छ।

राजु अधिकारीको निर्देशनमा बनेको फिल्ममा सोनाल र कस्मतासँगै नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, तारा शर्मा, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल, ऋचा थापा, खिन्नबहादुर भण्डारी (भोला), जेपी पाण्डे, रामजी राउत, करुणा थापा, बिकुलाल बासु र सुकचन्द्र थापालगायत कलाकारको अभिनय रहेको छ।

शरद अधिकारी प्रस्तुतकर्ता र बहादुर सिंह तामाङ निर्माता रहेको फिल्मको कथा आरती अधिकारी आचार्यले लेखेकी हुन्। मौनता श्रेष्ठको पटकथा, रवीन्द्र बरालको छायांकन तथा रामप्रसाद चौधरीको सम्पादन रहेको छ।

फिल्ममा अर्जुन पोखरेलको संगीत तथा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ। यसको छायांकन नेपालका साथै बेल्जियम, स्वीजरल्याण्ड र नेदरल्याण्डमा गरिएको निर्माण पक्षले जनाएको छ।

प्रेमकथासँगै विदेशमा रहेका नेपाली युवाको संघर्षलाई पर्दामा उतारेको ‘माया बस्छ कि के हो !’ असोज २ गते दर्शकमाझ आउने तयारीमा छ।


बुधबार, २४ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go