logo

२०८३ असोज ४ आइतबार

‘आचार्य’को ट्रेलर सार्वजनिक

‘आचार्य’को ट्रेलर सार्वजनिक

26
SHARES
‘आचार्य’को ट्रेलर सार्वजनिक

अभिनेता निखिल उप्रेतीको निर्देशन तथा अभिनय रहेको एक्सनप्रधान चलचित्र ‘आचार्य’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा युवतीको अपहरणपछि उनलाई उद्धार गर्न भारत पुग्ने मुख्य पात्रको संघर्षलाई केन्द्रमा राखिएको देखिन्छ । बदलाको कथा, यात्राका क्रममा आइपर्ने चुनौती र थुप्रै एक्सन दृश्यले ट्रेलरलाई रोमाञ्चक बनाएको छ ।

एक्सनसँगै चलचित्रमा आध्यात्मिक दर्शनलाई पनि कथाको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ । यसअघि ‘भैरव’मार्फत एक्सन नायकको छवि बनाएका निखिलले ‘आचार्य’मा पनि एक्सनसँगै कथावस्तुमा फरकपन दिने प्रयास गरेको बताएका छन् ।

पत्रकार सम्मेलनमा निखिलले नेपाली चलचित्रले पनि विदेशी शैलीको एक्सन तथा मनोरञ्जनप्रधान फिल्म निर्माण गर्न सक्ने धारणा राखे । नेपाली दर्शकलाई त्यस्ता फिल्ममार्फत मनोरञ्जन दिन सक्नु आफ्नो उद्देश्य रहेको उनको भनाइ थियो ।

आफ्ना चलचित्रमा हरेक पटक केही नयाँ प्रस्तुत गर्ने प्रयास गर्दै आएको उल्लेख गर्दै उनले ‘आचार्य’मा पनि एक्सन र कन्टेन्ट दुवै पक्षमा नयाँपन दिने प्रयास गरिएको बताए । दर्शकले चलचित्र हेर्दा त्यसको अनुभूति गर्ने उनको विश्वास छ ।

चलचित्रमा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबु र रघु करुमन्चीको अभिनय रहेको छ । पूर्णिका सिजापतीले ‘आचार्य’बाट नव–नायिकाका रूपमा डेब्यु गर्दैछिन् भने सजिना श्रेष्ठले पनि यही चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी छन् ।

दीपजङ्ग राणा, रोहित चौधरी, ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ र सोनिका वास्तोलालगायत कलाकारको पनि चलचित्रमा अभिनय छ ।


आइतबार, ४ असोज २०८३
सम्बन्धित समाचार
Go