असोज १७ गते अर्थात् घटस्थापनबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को नया गीत ‘छड्के सलाम’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा कालीप्रसाद बाँस्कोटा, निश्चल बस्नेत र बबिना किराँतीको स्वर रहेको छ भने जयन जे वाइबाको शब्द रचना तथा संगीत रहेको छ । । प्रदीप लामा र रेविका खत्रीको कोरियोग्राफीमा तयार भएको गीतमा निश्चल र स्वस्तिमासहितका कलाकारहरु नृत्य गर्दै देखिएका छन् ।
साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिम्रन खड्का, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मी लगायतको पनि अभिनय छ । फिल्मलाइ निश्चल वस्नेत र स्वस्तिमा खडकाले निर्माण गरेका हुन ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd