logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • ‘परालको आगो’मा सुहाना थापासँग सम्झौता

    ‘परालको आगो’मा सुहाना थापासँग सम्झौता

    1K
    SHARES
    ‘परालको आगो’मा सुहाना थापासँग सम्झौता

    कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’ कथालाई आधार मानेर चलचित्र निर्माण हुने भएको छ । यो चलचित्रको मुख्य भूमिकामा अभिनेत्री सुहाना थापासँग कागजी सम्झौता भएको छ । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट निर्माता सुशील पोखरेलले शुक्रबार सुहानासँग कागजी सम्झौता गरेका छन। यो फिल्ममा सुहानाले गौँथलीको चरित्र निभाउने छीन् ।
    फिल्म ‘ए मेरो हजुर ३’बाट फिल्मी यात्रा सुरु गरेकी सुहानाले यो पहिलोपटक बाहिरी ब्यानरको फिल्ममा काम गर्न लागेकी हुन । गत वर्ष फिल्म ‘एक भागवत् एक गीता’मा काम गरेकी सुहानाले ‘ए मेरो हजुर ४’मा पनि प्रमुख भूमिका निभाएकी छीन ्। यी तीनवटै फिल्मको निर्देशन उनकी आमा झरना थापाले गरेकी हून । ‘परालको आगो’लाई लक्ष्मण सुनारले निर्देशन गर्ने तय भएको छ ।
    यो फिल्मको लागि सम्झौता भएपछि सुहाना निकै खुशी छीन् । एउटा अमर कृतिमा काम गर्न पाउनु उनका लागि सौभाग्य भएको र तेसैले पहिलोपटक होम ब्यानर बहिरको फिल्म साइन गरेको उनले बताएकी छीन् । फिल्मको गौँथली चरित्र निभाउन आफु आकर्शित भएको सुहानाको दावी छ ।
    अर्को वर्ष (२०८२)को दशैंमा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा सुशील देवकोटाको लेखन छ । यहि कथामा निर्देशक प्रताप सुब्बाले पनि केही समय अघी फिल्म निर्माण गरेका थिए । ।तर अब नयाँ लोकेसन, फरक प्रस्तुतिकरण र रोचक पटकथामा फिल्म निर्माण गरिने निर्माता पोखरेलले जानकारी गराएका छन ।
    केही दिनअघि कथाकार मैनाली कथा पुरस्कार ट्रस्टको तर्फबाट कथाकार मैनालीका छोरा माधवप्रसादले निर्माता सुशील पोखरेललाई ‘कथाको भाव र मर्म’ नमासिने गरी फिल्म निर्माणका लागि स्विक्रिती दिएका थिए । ‘परालको आगो’ कथामा दुई पात्र चामे र गौँथली (श्रीमान्–श्रीमती)को झैँझगडालाई परालको आगोको संज्ञा दिइएको छ । यो कथा कथाकार मैनालीको सर्वश्रेष्ठ कथा मध्य एक हो ।




    मंगलबार, ११ मंसिर २०८१
    सम्बन्धित समाचार
    Go