logo

२०८३ बैशाख १० बिहिबार

logo
  • बिहिबार, १० बैशाख २०८३
  • ‘छक्का पञ्जा ५’को ‘ब्रेकअप’ गीत सार्वजनिक

    ‘छक्का पञ्जा ५’को ‘ब्रेकअप’ गीत सार्वजनिक

    2.3K
    SHARES
    ‘छक्का पञ्जा ५’को ‘ब्रेकअप’ गीत सार्वजनिक

    दशैंको अवसर पारेर आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को ‘ब्रेकअप’ बोलको दोस्रो गीत बुधबार सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएका गीतमा बाबुल गिरीको स्वर, संगीत र शब्द रचना रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा सिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डित लगायतलाई प्रस्तुत गरिएको छ । गीतमा ब्रेकअपपछि प्रेमीले प्रेमिकाप्रति पोखेको आक्रोशलाई कमेडी शैलीमा देखाइएको छ ।
    दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी आदिको पनि अभिनय रहेको रहेको छ । फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् । त्यस्तै हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन रहेको छ ।


    आइतबार, ६ असोज २०८१
    सम्बन्धित समाचार
    Go