logo

२०८३ असोज ६ मंगलबार

‘जुनाः एक व्यथा’को टिजर सार्वजनिक

‘जुनाः एक व्यथा’को टिजर सार्वजनिक

2.7K
SHARES
‘जुनाः एक व्यथा’को टिजर सार्वजनिक

यही माघ २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘जुनाः एक व्यथा’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको २ मिनेट लामो टिजरमा अनमेल विवाह गर्न बाध्य एउटी नाबालिगले पतिको घरमा भोग्नुपरेको दुःख र मानसिक पीडालाई मर्मस्पर्शी रुपमा देखाएको छ ।
जीवन सेञ्चुरीको निर्देशनमा तयार भएको यो फिल्ममा अभिनेत्री अस्मिता ढकालसहित देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा, कृष्णप्रसाद धिताल, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने लगायतको अभिनय रहेको छ ।
बाल विवाह र महिला हिंसाविरुद्धको कथावस्तुमा आधारित भएर बनेको फिल्मलाइ दीपकप्रसाद घिमिरेले निर्माण गरेका हुन । फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, र रामेश्वर हुमागाईंको डीओपी रहेको छ ।


शुक्रबार, ४ माघ २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go