logo

२०८३ साउन ५ मंगलबार

‘आशा’ निर्माण हुने

‘आशा’ निर्माण हुने

182
SHARES
‘आशा’ निर्माण हुने

नेपाली चलचित्र क्षेत्रमा नयाँ पारिवारिक कथावस्तुमा आधारित ‘आशा’ निर्माण हुने भएको छ। काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उडान स्टुडियोले आफ्नो नयाँ परियोजनाको औपचारिक घोषणा गर्दै चलचित्रको कलाकार र प्राविधिक टोली सार्वजनिक गरेको हो।



शर्मिला थापाको लगानीमा बन्ने चलचित्रको निर्देशन तथा कथा राजिव गुरुङले सम्हाल्नेछन्। कार्यक्रमको सुरुआत ११ जना बटुकद्वारा स्वस्तिवाचन गरिएपछि चलचित्रको शीर्षक सार्वजनिक गरिएको थियो। सो अवसरमा नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका अग्रज प्राविधिकलाई सम्मानसमेत गरिएको थियो।

चलचित्रमा महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह र कविता रेग्मी मुख्य भूमिकामा देखिनेछन्।

निर्मात्री शर्मिला थापाले ‘आशा’लाई सम्पूर्ण परिवारले सँगै बसेर हेर्न मिल्ने चलचित्रका रूपमा निर्माण गर्न लागिएको बताइन्। उनका अनुसार परिवारभित्रको सम्बन्ध, साथ र कुनै सदस्यको अभावले सिर्जना गर्ने भावनात्मक अवस्थालाई केन्द्रमा राखेर कथा तयार गरिएको छ। नेपाली समाजको मौलिक कथा अन्तर्राष्ट्रिय दर्शकमाझ पनि गर्वका साथ प्रस्तुत गर्न सकिने विश्वास उनले व्यक्त गरिन्।

निर्देशक राजिव गुरुङले मनोरञ्जन मात्र नभई गहिरो सन्देश दिने उद्देश्यका साथ चलचित्र निर्माण गर्न लागिएको बताए। उनले पारिवारिक सम्बन्धको महत्व उजागर गर्ने कथा भएकाले दर्शकले चलचित्रसँग भावनात्मक रूपमा जोडिने अपेक्षा व्यक्त गरे।

अभिनेता महेश त्रिपाठीले कथावस्तुले आफूलाई प्रभावित पारेपछि चलचित्रमा आबद्ध भएको बताए। अहिले बनिरहेका फिल्मभन्दा फरक स्वादको कथा भएकाले कलाकारका रूपमा आफू उत्साहित रहेको उनको भनाइ थियो।

घोषणा कार्यक्रममा वरिष्ठ प्राविधिक कमल मिश्रलाई विशेष सम्मान पनि प्रदान गरिएको थियो। २०४६ सालमा प्रदर्शन भएको चलचित्र ‘अन्याय’ मार्फत भेषभूषा क्षेत्रमा योगदान दिएका मिश्रलाई नगद ५१ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्मात्री शर्मिला थापा र निर्देशक राजिव गुरुङ सहभागी थिए।

प्राविधिक टिममा सहलेखक तथा मुख्य सहायक निर्देशक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर एवं कास्टिङ निर्देशक सुदाम एसके, छायाङ्कन निर्देशक नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउन्ड डिजाइनर किशोर आचार्य तथा मेकअप र हेयर आर्टिस्ट सोनाली शिल्पकार रहेका छन्।

त्यसैगरी सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) तथा वितरणको जिम्मेवारी करण श्रेष्ठ (रिच इन्टरटेनमेन्ट)ले सम्हाल्नेछन्।


शुक्रबार, २६ असार २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go