logo

२०८३ असोज ७ बुधबार

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक

260
SHARES
‘झिँगेदाउ २’ को टिजर सार्वजनिक

संविधान दिवसको अवसरमा आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘झिँगेदाउ २’को टिजर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले करिब दुई मिनेट लामो टिजर सार्वजनिक गर्दै फिल्मको भावनात्मक र पारिवारिक पक्षको झलक प्रस्तुत गरेको हो ।

टिजरको प्रारम्भमा हिउँवाला गौतमको पात्र रातको समयमा घर छाडेर निस्कँदै गरेको दृश्य देखिन्छ । उनको अनुहारमा देखिएको पीडा र निराशाले कथा गम्भीर मोडमा अघि बढ्ने संकेत गर्छ । त्यसपछि केकी अधिकारीआँचल शर्माले निर्वाह गरेका जेठानी–देउरानी पात्रबीचको चर्को विवाद प्रस्तुत गरिएको छ । एउटा रुखलाई केन्द्र बनाएर सुरु भएको तनावले परिवारभित्र ठूलो द्वन्द्व निम्त्याएको देखिन्छ । यसैबीच हराएकी आमाको खोजी भइरहेको दृश्यले कथामा थप रहस्य र भावनात्मक गहिराइ थपेको छ ।

निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजाउत्तम केसीलगायत कलाकारको अभिनय रहेको छ । विशेष आकर्षणका रूपमा बसुन्धरा भुषालचैत्यदेवीले लामो अन्तरालपछि एउटै फिल्ममा सहकार्य गरेका छन्, जुन दर्शकका लागि उत्सुकताको विषय बनेको छ ।

फिल्ममा सुलभ प्रतिक देउजासमिक्षा देउजाको लगानी रहेको छ। छायांकन विष्णु घिमिरे (कल्पित)ले गरेका हुन् भने सम्पादन मित्र डी गुरुङको रहेको छ। संगीत अर्जुन पोखरेल, कोरियोग्राफी रामजी लामिछाने तथा द्वन्द्व निर्देशन रोशन श्रेष्ठले सम्हालेका छन् ।

फिल्मको पटकथा र संवाद परिच्छेद सेनले तयार गरेका हुन् भने कथा गोविन्द फुयालशिशिर चालिसेले लेखेका हुन् । सार्वजनिक टिजरले पारिवारिक सम्बन्ध, स्वार्थ, झगडा र आमाप्रतिको भावनात्मक खोजलाई मुख्य विषयवस्तु बनाएको संकेत दिएको छ, जसले ‘झिँगेदाउ २’लाई पारिवारिक ड्रामा मन पराउने दर्शकमाझ प्रतीक्षित बनाएको देखिन्छ ।


बिहिबार, २१ साउन २०८३
सम्बन्धित समाचार
Go