logo

२०८३ असोज ३० शुक्रबार

‘छ माया छपक्कै २’को शीर्ष गीत सार्वजनिक

‘छ माया छपक्कै २’को शीर्ष गीत सार्वजनिक

156
SHARES
‘छ माया छपक्कै २’को शीर्ष गीत सार्वजनिक

दसैंको फूलपातीलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘छ माया छपक्कै २’को शीर्ष गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारसँगै अन्य कलाकारलाई समेत समेटिएको छ ।

गीतको भिडियोमा दीपकराज गिरी, केकी अधिकारी, कार्म, रिहान गिरी, रजनी केसी, मेक्सम गौडेल र जेसिका पोखरेललगायत कलाकार देखिएका छन् । मुख्य महिला पात्र गर्भवती भएपछि उनको खुसी साट्न आयोजना गरिएको विशेष समारोहलाई भिडियोको मुख्य परिवेश बनाइएको छ ।

उत्सवको माहोलमा तयार पारिएको गीतले भिडियोमा फेस्टिभल भाइब्स प्रस्तुत गर्छ । कलाकारहरूको सहभागिता र आकर्षक नृत्यले गीतको दृश्यलाई थप रंगीन बनाएको छ ।

गीतमा करण परियार, अभि सुनार, विशाल निरौला र रश्मी विश्वकर्माको स्वर रहेको छ । अभि सुनारले गीतको संगीत निर्देशन गरेका हुन् ।

दीपेन्द्र लामाको निर्देशन तथा रोहित अधिकारीको निर्माण रहेको चलचित्र ‘छ माया छपक्कै २’ असोज ३१ गते अर्थात् दसैंको फूलपातीदेखि प्रदर्शनमा आउनेछ ।


बुधबार, ७ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go