यस वर्षको निकै नै प्रतीक्षित हलिउड फिल्म ‘जोकर’को दोस्रो श्रृंखलाको दोस्रो ट्रेलर सार्वजनिक भएको छ । जोकर स् फोली अ डु’ शीर्षक राखिएको दोस्रो श्रृंखलामा हार्ले क्वीन र आर्थक फ्लेक नामक दुई पात्र छन् । आर्थरको भूमिकामा जोकिन फिनिक्स र चर्चित गायिका लेडी गागाले हार्ले क्वीनको रोलमा अभिनय गरेका छन् । दुई मिनेट ५० सेकेन्ड लामो यो दोस्रो ट्रेलरमा जेल सजाय पाएर ‘जोकर’ जेलमा परेपछि उसका फ्यान मर्न तयार रहेको देखाइएको छ । यी प्रेमीमध्ये एक लेडी गागा एक हुन्, जसले आर्थक फ्लेकलाई मद्दत गर्छिन् र उनीसँगै अपराध गर्न तयारी हुन्छिन् ।
टड फिलिप्स निर्देशित यो फिल्म अक्टोबर ४ (असोज १८ गते ), दशैंको घटस्थापना०को भोलिपल्ट रिलिज हुनेछ । यो फिल्मको विश्व प्रिमियर यस वर्षको विश्वप्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा हुँदैछ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd