logo

२०८३ साउन ५ मंगलबार

‘यो मन त मेरो नेपाली हो’ को गीत रिलिज

‘यो मन त मेरो नेपाली हो’ को गीत रिलिज

  • E24 Nepal
  • बिहिबार, १० साउन २०८१
2.6K
SHARES
‘यो मन त मेरो नेपाली हो’ को गीत रिलिज

प्रदर्शनको तयारीमा रहेको ‘यो मन त मेरो नेपाली हो’ को गीत हालै रिलिज गरिएको छ । रिलिज गरिएको ‘तिम्रो आँखै रसिलो’ बोलको गीतमा अस्मिता अधिकारी र सविन सुवेदीको स्वर रहेको छ भने दीपक शर्माको शब्द रचना तथा संगीत रहेको छ । गीतमा फिल्मका कलाकारहरु रोशन श्रेष्ठ र दोस्रो ‘मेरो डान्स कप यूएसए’की फर्स्ट ‘रनरअप’ समेत रहेकी आयुषा समालसहित ‘मेरो डान्स युनिभर्स’की विजेता खुशी कार्की, नारायण प्रधान र डान्सर नरेश वीर सिंहले नृत्य गरेका छन् । डान्सिङ शैलीको यो गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।



मित्र प्रधान (नर) को कथा तथा निर्देशनमा तयार भएको यो फिल्ममा रोशन र आयुषासहित बुद्धि तामाङ, विल्सन विक्रम राई, विजय बराल, भुपेन्द्र लिङ्देन, सुबास भण्डारी, विजय सुब्बा, लगायतको पनि अभिनय रहेको छ । फिल्मलाइ ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन ।


बिहिबार, १० साउन २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go