पुजा शर्मा र सुर्दन थापाले निर्माण गरेको फिल्म रावायणको टिजर रिलिज गरिएको छ । टिजर हेर्र्दाे फिल्म एक्सन विधामा बनेको छ । सार्वजनिक गरिएको टिजर हेर्दा साउथ शैलीको एक्सन पस्किएको देखिन्छ । संवादविहीन टिजरमा मारधाडका दृश्यले भरिएको छ । अभिनेता पल शाह एक्सन अवतारमा प्रस्तुत छन् । उनको दोहोरो भूमिका छन । एउटामा उनी लामो दाह्री–जुँगा र कपालमा देखिएका छन् भने अर्कोमा ‘क्लिनसेभ’ छ । तराई क्षेत्रमा हुने हिंसात्मक गतिविधिलाई फिल्मले मुख्य कथावस्तु बनाएको टिजरले संकेत गर्छ । प्रमोद अग्रहरी, प्रकाश शाह र प्रदीप ढकाल नकारात्मक भूमिकामा छन् ।
यस्तै अभिनेत्री पूजा शर्मा पत्रकारको भूमिकामा देखिएकी छन् । अभिनेत्रीद्वय प्रियंका कार्की र नीकिता चाण्डकलाई पनि टिजरमा देख्न सकिन्छ । निर्देशक थापाले यो फिल्म बनाउन आफूलाई निकै चुनौती भएको बताएका छन् । टिजर रिलिज कार्यक्रममा उनले भने, ‘एक्सन फिल्म भएकाले पनि यो मेरा लागि एकदमै चुनौतीपूर्ण थियो । मैले यो फिल्मबाट आफूलाई परिवर्तन गर्ने प्रयत्न गरेको छु ।’
पलले आफूलाई रोमान्टिक भूमिकामा देखिरहेका दर्शकका लागि ‘रावायण’को चरित्र फरक लाग्ने बताए । ‘मेरो लागि यो फिल्मको चरित्र नयाँ हो । फिल्ममा मैले कान्छा र राघव नामका दुई चरित्र निभाएको छु । एउटा चरित्र पोजेटिभ र अर्को नेगेटिभ छ,’ उनले कार्यक्रममा भने, ‘मेरा लागि नेगेटिभ रोल एकदमै चुनौतीपूर्ण थियो ।’ उनले पहिलोपटक नकारात्मक भूमिकामा काम गरेका हुन् ।
सुर्दशन थापाले निर्देशन गरेको यो फिल्ममा अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, रोजिता पराजुली लगायतको पनि अभिनय रहेको छ । फिल्ममा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत र रामजी लामिछानेको कोरियोग्राफी एवं श्री श्रेष्ठको द्वन्द्व छ । आगामी भदौ २१ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd