logo

२०८२ जेष्ठ ३० बिहिबार

logo
  • बिहिबार, ३० जेष्ठ २०८२
  • ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शन हुने

    ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शन हुने

    • E24 Nepal
    • सोमबार, २१ साउन २०८१
    1.3K
    SHARES
    ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शन हुने

    अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा बनेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शन हुने भएको छ । सोमबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरिएको हो । फिल्ममा प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्री,सांसदहरुको अभिनय रकेको कारणले पनि फिल्मले चर्चा पाइरहेको छ । सार्वजनिक गरिएको पीडितको पीडाभाव दर्शाइएको पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओली औँला ठड्याउँदै चेतावनी शैलीमा प्रस्तुत छन् ।
    एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथामा आधारित भएर बनेको फिल्ममा प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री माधव नेपाल, राप्रपाका सांसद ज्ञानेन्द्र शाही, मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, प्रभात पल ठकुरी, आरती आचार्य, सुरवीर पण्डित, सुनिल कटुवाल, अपेक्षा न्यौपाने, क्रान्ति शाह लगायतको अभिनय छ ।

    रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको ‘नमेटिने घाउ’मा शिवम् अधिकारीको लेखन,नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत तथा किरण ढकालको द्वन्द्व निर्देशन छ ।


    सोमबार, २१ साउन २०८१
    सम्बन्धित समाचार
    Go