logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • शिवरात्रिमा ‘मायावी’ र ‘लाज शरणम्’ बिच भिडन्त हुने निस्चित

    शिवरात्रिमा ‘मायावी’ र ‘लाज शरणम्’ बिच भिडन्त हुने निस्चित

    923
    SHARES
    शिवरात्रिमा ‘मायावी’ र ‘लाज शरणम्’ बिच भिडन्त हुने निस्चित

    अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईं अभिनीत फिल्म ‘मायावी’को प्रदर्शन मिति एकपटक फेरि परिवर्तन गरिएको छ । गत कात्तिक १५ गतेबाट पोस्टपोन्ड भएर आगामी पुष २६ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म अब फेरी डेढ महिना पछाडि सरेको छ । आइतबार एक पोस्टरमार्फत् आगामी फागुन १४गते (महाशिवरात्रि)मा प्रदर्शन हुने जानकारी दिइएको छ ।
    निर्देशक दीवाकर भट्टराई महाशिवरात्रिमा आफ्नो नयाँ फिल्म ‘नरसिंहा अवतार’ रिलिज गर्ने तयारीमा थिए । तर , सो मितीसम्ममा छायांकन र पोस्ट प्रोडक्सनको काम नसकिन्ने निस्चित भएपछि उनले ‘मायावी’ प्रदर्शन गर्ने निर्णय लिएका हुन् । फागुन १४ गत भने फिल्मलाई एकल प्रदर्शनको मौका मिल्ने छैन । केही समय अधी नै यो मिति सक्किगोनी टिमले निर्माण रहेको फिल्म ‘लाज शरणम’ले तय गरिसकेको छ । सो मितीको दुई दिनपछि अर्थात् फागुन १६ मा ‘होस्टेल ३’ पनि रिलिज हुँदैछ ।
    ‘मायावी’को सार्वजनिक पहिलो पोस्टरको दुई तस्विर मध्य एक तस्विरमा पल र दीपिका रोमान्टिक अवतारमा प्रस्तुत छन् भने अर्कोमा पल भावुक भएको देख्न सकिन्छ । पोस्टरको पृष्ठभूमिमा हिमालसहित फेवाताल र त्यहाँ तैरि रहेको दुई वटा डुंगा प्रस्तुत छ । सार्वजनिक पोस्टरले फिल्मको कथा प्रेम र बिछोडमा आधारित भएको अनुमान लगाउन सकिन्छ ।
    निर्देशक भट्टराईको लेखन रहेको फिल्मको निर्मातामा राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने हून् । फिल्ममा प्रशान्त ताम्राकार, सुशील सिटौला, लक्ष्मी गिरी, राजाराम पौडेल, करिश्मा श्रेष्ठ, अंशु महर्जन, रवि डंगोल लगायतको पनि अभिनय रहेको छ । फिल्ममा राजु विक्रम थापाको डीओपी र मिलन श्रेष्ठको सम्पादन छ । फिल्मको संगीत शम्भुजित बाँस्कोटा र एसडी योगीले तयार पारेका छन । फिल्मको ट्रेलरलाई साहिल खानले काट्ने छन ।




    मंगलबार, ११ मंसिर २०८१
    सम्बन्धित समाचार
    Go