logo

२०८३ जेष्ठ ३ आइतबार

logo
  • आइतबार, ३ जेष्ठ २०८३
  • ‘मखमली’ युट्युबमा ट्रेन्डिङको यात्रामा

    ‘मखमली’ युट्युबमा ट्रेन्डिङको यात्रामा

    1.7K
    SHARES
    ‘मखमली’ युट्युबमा ट्रेन्डिङको यात्रामा

    वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को हालै सार्वजनिक गरिएको नयाँ गीत ‘मखमली’ युट्युबमा ट्रेन्डिङको यात्रामा सफलता कायम गर्दै अगाडि बढिरहेको छ । बिहीबार साँझ रिलिज भएको यो गीत रिलिज भएको २ घण्टाभित्रै नेपालीहरूको बाहुल्य रहेका विभिन्न देशहरूमा ट्रेन्डिङमा प्रवेश गरेको थियो ।

    यति बेला नेपालमा चौथो स्थानको ट्रेन्डिङमा रहेको छ भने माल्टामा पहिलो स्थान, कतारमा दोस्रो, युएईमा नवौँ, कुवेतमा तेह्रौँ र अस्ट्रेलियामा सत्ताइसौं स्थानमा रहेको छ । गीतको रफ्तार हेर्दा चलचित्रले पनि यसै गरी दर्शकको मन जित्ने थप विश्वास बढेको ‘ऊनको स्वीटर’का निर्देशक नवीन चौहानले बताए ।

    यो गीतले नेपाली लोक सङ्गीतको चर्चित ‘कौडा/चुट्का’ भाकालाई पुनः जागरण गर्दै अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । पाँचथर र नेपाल–भारत सीमावर्ती फालेलुङको सांस्कृतिक परिवेशमा आधारित यो चलचित्रका गीत तथा दृश्यहरूले दर्शकहरूको मन जितिरहेका छन् ।

    ‘मखमली’ गीतलाई सुजन चापागाईँ र सुनिता थेगिमले स्वर दिएका छन् । हर्क साउदको शब्द रचना, सुजन चापागाईँकै सङ्गीत, र कोविद बज्रको सङ्गीत निर्माण रहेको छ । दीप गुरुङको कोरियोग्राफीमा बनेको भिडियोमा अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ ।

    गीतको टीजर नै केही दिनअघि सार्वजनिक हुँदा दर्शकहरूको अत्यधिक रुचि पाएको थियो । पूर्ण गीत सार्वजनिक भएपछि यो अपेक्षाकृत चर्चित बनेको छ । यस गीतबाट दर्शकहरूले चलचित्र हेर्न व्यग्र प्रतीक्षा रहेको प्रतिक्रिया दिइरहेका छन् ।

    ‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो । चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह लेखन रहेको छ ।

    चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।


    आइतबार, १४ पुष २०८१
    सम्बन्धित समाचार
    Go