logo

२०८३ भाद्र १९ शुक्रबार

‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक

‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक

2.3K
SHARES
‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक

आगामी फागुन २३ गते रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । गीतमा अलमोडा राणा उप्रेतीको शब्द, सङ्गीत र स्वर रहेको छ । यसमा अलमोडासँगै सन्तोष राणाले ¥याप भोकल दिएका छन् । गीतमा चार मुख्य अभिनेताहरू पारस बम (कुलब्वाई), रिहान गिरि, आशिष घिमिरे, र पदम तामाङ तथा अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली फिचर्ड छन् ।
‘होस्टेल ३’ नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण हो । चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । यसमा क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा रहेको छ । चलचित्रमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।


शुक्रबार, ४ माघ २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go