logo

२०८१ फाल्गुन ५ सोमबार

logo
  • सोमबार, ५ फाल्गुन २०८१
  • ‘एक्टरः टेक वन’को यतिवेला निकै चर्चामा

    ‘एक्टरः टेक वन’को यतिवेला निकै चर्चामा

    286
    SHARES
    ‘एक्टरः टेक वन’को यतिवेला निकै चर्चामा

    आगामी माघ १६ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘एक्टरः टेक वन’को यतिवेला निकै चर्चामा छ । स्टार प्रदिप खडकाको अभिनय र अभिनेता दिलीप रायमाझाका छोरी द्यिव्य रायमाझीको डेव्यु फिल्म भएको कारणलेपनि फिल्मले थप चर्चा पाइरहेको छ । फिल्मको पव्लिसिटीको क्रममा केही दिन अघि ‘के भरोसा गरम’ गीत रिलिज गरिएको थियो । यो गीतले हालसम्म युटयुवमा २.६ मिलियन भ्युज पाइसकेको छ । त्यस्तै टिजरले पनि हालसम्म १.५ मिलियल भ्युज पाइसकेको छ ।
    यो फिल्ममा प्रदिप खड्का, आना शर्मा, र दिव्या रायमाझीको अलावा राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौला लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।
    चलचित्रको निर्देशन राजन भुसालले गरेका हुन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालको सहकार्यमा तयार गरिएको छ । ‘एक्टरः टेक वन’ अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति हो । यसका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की, र सह–निर्माता अनीश भुसाल रहेका छन् । छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । चलचित्रमा हर्कुलससहित रोहित शाक्य, र एलिस कार्कीले सङ्गीत दिएका छन् ।




    शुक्रबार, ४ माघ २०८१
    सम्बन्धित समाचार
    Go