logo

२०८३ भाद्र १९ शुक्रबार

‘जनै हराएको बाहुन’को थिम भिडियो सार्वजनिक

‘जनै हराएको बाहुन’को थिम भिडियो सार्वजनिक

2.2K
SHARES
‘जनै हराएको बाहुन’को थिम भिडियो सार्वजनिक

निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’को थिम भिडियो सार्वजनिक गरिएको छ । सरस्वती पूजाको अवसर पर्दै यस चलचित्रका अभिनेता विजय बराल र निर्माता कम्पनीले सोमबार सबेरै आफ्नो सोसल मिडिया मार्फत संवाद र गीतसहितको संक्षिप्त भिडियो सार्वजनिक गरेका हुन् ।

भिडियोमा दुई साथीहरूको स्केच तस्बिर राखिएको छ, जसमा उनीहरू छुट्टिने बेला कुरा गरिरहेका छन् । सुनिन्छ:

“साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ?
गाउँ नछोडी त सपना पूरा नहुँदो रहेछ साथी !
अब तँ कहिले फर्किन्छस् ?
खै ! थाहा छैन । ए सुन त ! हिँड्ने बेलामा आमाको आँखामा भएको आँसु पनि हेर्न सकिन । कहिले काहीँ आमा भा’ठाउँमा जाइदे है ।
ल ल.. ! तैँले त हामीलाई बिर्सिन्छस् होला नि साथी ?
अनि नि साथी मेरो आमालाई भन्दे ! मेरो सपना पूरा नहुन्जेल बुढी नहुनु भन ल ?”

यसपछि गीत सुरु हुन्छ: “हे आमा म, कमाएर गाउँ नफर्किँदासम्म, तिमी बुढी नहुनु है !”

यस भिडियोको पृष्ठभूमिमा अभिनेता विजय बराल र एसोसियट निर्देशक तथा अभिनेता मनिष राउतको स्वर सुन्न सकिन्छ । यो थिम भिडियो सार्वजनिक गर्दै निर्माताले गायनमा दक्षता भएका नयाँ प्रतिभालाई गजबको अफर ल्याएका छन् । यो अफरमा यस भिडियोको अन्त्यमा रहेको गीतको अंशलाई आफूले गाएर टिकटकमा पोस्ट गर्ने एक जना पुरुष र एक जना महिला उत्कृष्ट प्रतिभालाई सोही गीतमा स्वर भर्ने अवसर दिने र गीतलाई चलचित्रमा समावेश गरिने निर्माताले जनाएका छन् । गीतमा अर्जुन पोखरेलले सङ्गीत दिनेछन् ।

पेपरक्लिप प्रालिले बनाउन लागेको ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् भने अभिनेता बरालले प्रमुख अभिनय गर्दैछन् । चलचित्रको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् । यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् । यस चलचित्रमा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक ‘ हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् ।

यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरि


सोमबार, २१ माघ २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go