logo

२०८२ जेष्ठ ३० बिहिबार

logo
  • बिहिबार, ३० जेष्ठ २०८२
  • मुगलान को शुभ मुहूर्त सम्पन्न

    मुगलान को शुभ मुहूर्त सम्पन्न

    • kollywood_khabar
    • सोमबार, २६ फाल्गुन २०८१
    351
    SHARES
    मुगलान को शुभ मुहूर्त सम्पन्न

    नेपाली सिनेमा उद्योगमा ऐतिहासिक र सफल चलचित्रहरूको सूचीमा मुगलान नाम एक महत्वपूर्ण माइलस्टोनको रूपमा दर्ज छ। यसअघि निर्माण भएको चलचित्र मुगलान अत्यन्त सफल रह्यो, जसले नेपाली समाजको कथा विश्वभर पुर्‍याउन सफल भयो। सोही नाममा पुनः निर्माण हुन लागेको नयाँ चलचित्र मुगलान को आज भैरव मन्दिर, ज्ञानेश्वर मा शुभ मुहूर्त सम्पन्न भयो।
    चलचित्रको लेखन, गीत तथा निर्देशन आशिष ढकाल को रहनेछ। द्वन्द्व निर्देशन राम गुरु, छायांकन अजय रेग्मी, र संगीत किरण भुषाल तथा हरि गिरी “विमर्शी” को रहनेछ।
    मुहूर्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशेष क्षणमा मुहूर्त शट निर्देशन दिनेश डिसीले गरेका थिए, क्ल्याप कलाकार सबिन बास्तोला ले हानेका थिए भने क्यामेरा अन गर्ने जिम्मेवारी नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ को थियो।
    चलचित्रमा प्रभात पाल ठकुरी, स्मारिका ढकाल, श्री शिवांशी, दिनेश डिसी, सबिन बास्तोला, रामचन्द्र अधिकारी, रश्मी भट्ट लगायतका कलाकारहरूको अभिनय रहनेछ। नेपालका विभिन्न स्थानहरूमा छायांकन गरिने यो चलचित्र गोमान सिंह को निर्माण तथा रेहान प्रोडक्सन को ब्यानरमा निर्माण हुन लागेको हो।
    यसअघि बनेको मुगलान चलचित्रले समाजको यथार्थ चित्रण गर्दै नेपाली सिनेमा उद्योगमा ठुलो प्रभाव पारेको थियो। नयाँ मुगलान ले केहि फरक र नयाँ कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ
    10 Attachments
    • Scanned by Gmail


    सोमबार, २६ फाल्गुन २०८१
    सम्बन्धित समाचार
    Go