logo

२०८२ जेष्ठ ३० बिहिबार

logo
  • बिहिबार, ३० जेष्ठ २०८२
  • ‘राम प्यारी’ सार्वजनिक

    ‘राम प्यारी’ सार्वजनिक

    195
    SHARES
    ‘राम प्यारी’ सार्वजनिक

    गायक यम बरालको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘राम प्यारी’ सार्वजनिक भएको छ ।
    भिडियोमा गायक यम बराल र अभिनेत्री दिपाश्री निरौलाको मुख्य भूमिका रहेको छ । यम्मी इन्टरटेनमेन्ट र ई ग्लोबलकाे प्रस्तुति रहेको यो म्युजिक भिडियोलाई प्रेम लामाले निर्देशन गरेका हुन् ।

    सार्वजनिक भिडियोमा यम बराल र दिपाश्री निरौलालाई देख्न सकिन्छ । भिडियोमा प्रेम र मनोरञ्जनको मिश्रण प्रस्तुत गरिएको छ । गीतमा यम बरालको सुमधुर स्वर सुन्न सकिन्छ भने यसको शब्द डिपी खनालले लेखेका हुन् र सङ्गीत शङ्कर थापा स्माइलले तयार पारेका हुन् । सङ्गीत संयोजन विश्व अधिकारीले गरेका हुन् ।

    म्युजिक भिडियोमा माया स्याङ्बो र रेजिना खत्रीको शृङ्गार देख्न सकिन्छ । भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । गीताञ्जली शर्मा निर्मात्री रहेको यो भिडियोको छायाङ्कन र निर्देशन प्रेम लामाले गरेका हुन् भने दिपेश एसकेको कोरियोग्राफी रहेको छ ।

    ‘राम प्यारी’ अहिले युट्युब लगायत विभिन्न डिजिटल प्लेटफर्महरूमा हेर्न सकिन्छ।


    शुक्रबार, ३ जेष्ठ २०८२
    सम्बन्धित समाचार
    Go