logo

२०८२ माघ १२ आइतबार

logo
  • आइतबार, १२ माघ २०८२
  • ‘सुन सोल्टिनी’ सार्वजनिक

    ‘सुन सोल्टिनी’ सार्वजनिक

    234
    SHARES
    ‘सुन सोल्टिनी’ सार्वजनिक

    भोली भाइटिकाको दिन देशभर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘सोल्टिनी’ रिलिजको एक दिन अघि नयाँ गीत ‘सुन सोल्टिनी’ सार्वजनिक गरिएको छ। एसडी योगी र बेनिशा पौडेलको स्वरमा रहेको यस गीतमा शब्द तथा सङ्गीत प्रशान्त सिवाकोटीको रहेको छ भने कोरियोग्राफी शिशिर खातीले गरेका छन्।

    गीतमा चलचित्रका मुख्य कलाकार प्रकाश सपूत र परीक्षा लिम्बुबिचको आकर्षक केमेस्ट्री, रमाइलो नृत्य र लोक पप शैलीको ताजगी झल्किने भिजुअल देख्न सकिन्छ। यसले चलचित्रको कथा पृष्ठभूमि झल्काउँदै दर्शकलाई मनोरञ्जन र उत्साह दुवै प्रदान गर्ने अपेक्षा गरिएको छ।

    ‘सोल्टिनी’ टिम हालै देशभरका विभिन्न सहरहरूमा देउसी भैलो कार्यक्रममार्फत प्रचार प्रसार गरेको छ। कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रको प्रचारसँगै सांस्कृतिक परम्पराको सम्मान र सामाजिक योगदान दुवै निभाए।

    केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको यो चलचित्रलाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। अन्तरजातीय प्रेमकथामा आधारित यस चलचित्रले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई संवेदनशील रूपमा चित्रण गरेको छ। चलचित्रमा प्रकाश सपूत र परीक्षा लिम्बुसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको पनि अभिनय देख्न पाइनेछ।

    नेपालमा भाइटिकाको दिनदेखि प्रदर्शनमा आउने ‘सोल्टिनी’ अब जापान र क्यानडामा पनि रिलिजको तयारीमा रहेको छ। चलचित्रले मनोरञ्जनसँगै सामाजिक सन्देश दिने अपेक्षा गरिएको छ।


    बुधबार, ६ कार्तिक २०८२
    सम्बन्धित समाचार
    Go