logo

२०८३ साउन ६ बुधबार

निर्माता संघका नवनिर्वाचित पदाधिकारीलाई चलचित्र विकास बोर्डको स्वागत

निर्माता संघका नवनिर्वाचित पदाधिकारीलाई चलचित्र विकास बोर्डको स्वागत

1.2K
SHARES
निर्माता संघका नवनिर्वाचित पदाधिकारीलाई चलचित्र विकास बोर्डको स्वागत

नेपाल चलचित्र निर्माता संघको १९औँ वार्षिक साधारण सभाबाट निर्वाचित नवनिर्वाचित पदाधिकारीहरूलाई चलचित्र विकास बोर्ड का तर्फबाट अध्यक्ष दिनेश डिसी ले स्वागत तथा बधाई दिएका छन्।



आइतबार चलचित्र विकास बोर्डको कार्यकक्षमा आयोजित स्वागत कार्यक्रममा अध्यक्ष डिसीले संघको नेतृत्वमा निर्वाचित अध्यक्ष उदय सुब्बासहित सम्पूर्ण पदाधिकारीहरूलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका हुन्। उनले निर्माता संघको नयाँ नेतृत्वसँग सहकार्य गर्दै नेपाली चलचित्र उद्योगको संस्थागत सुदृढीकरण, उत्पादन–वितरण प्रणालीको सुधार, पेशागत मर्यादा तथा पारदर्शिता कायम गर्न चलचित्र विकास बोर्ड प्रतिबद्ध रहेको बताएका छन्।

स्वागत कार्यक्रममा अध्यक्ष उदय सुब्बासहित उपाध्यक्ष रौनक विक्रम कँडेल, सचिव युवराज गिरी, कार्यसमिति सदस्यहरू श्रीधर पौडेल, टंकबहादुर बुढाथोकी, तारादेवी लिम्बु, मनोजकुमार अधिकारी, घनेन्द्र थपलिया, राजकुमार पण्डित, प्रविण कार्की उपस्थित भएका थिए।

अध्यक्ष डिसीले चलचित्र विकास बोर्ड र निर्माता संघबीचको सहकार्यले नीतिगत सुधार, पूर्वाधार विकास, तालिम तथा अन्तर्राष्ट्रिय पहुँच विस्तारमा सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरेका छन्। उनले नयाँ नेतृत्वसँगको समन्वयमा उद्योगमैत्री वातावरण निर्माण गर्दै नेपाली चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्‍याउने लक्ष्यसहित बोर्ड अघि बढ्ने बताएका छन्।


मंगलबार, ८ पुष २०८२
सम्बन्धित समाचार
ताजा अपडेट
Go