logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • शुक्रबार, ११ बैशाख २०८३
  • “चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला” सम्पन्न

    “चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला” सम्पन्न

    390
    SHARES
    “चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला” सम्पन्न

    नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्डको सहयोगमा सञ्चालन गरिएको “चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला” को दोस्रो संस्करण यही माघ १७ गते सम्पन्न भएको छ।
    नेपाल फिल्म क्याम्पस, पिंगलास्थान, गौशालामा सम्पन्न कार्यशालामा चलचित्र कथा–लेखनमा रुचि राख्ने २५ जना प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यशालाको उद्देश्य कथा–लेखनमा रुचि राख्ने नवप्रवेशीहरूलाई चलचित्रको कथात्मक संरचना, आधारभूत सिद्धान्त तथा लेखन प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको थियो।
    कार्यशालामा भारतको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट पोस्ट–ग्र्याजुएट अध्ययन पूरा गरी हाल नेपाल फिल्म क्याम्पसमा निर्देशन तथा पटकथा लेखन विभागका प्रमुखका रूपमा कार्यरत केशव पाण्डे प्रशिक्षकको रूपमा सहभागी रहनुभएको थियो। साथै, पटकथा लेखक तथा पत्रकार सामिप्यराज तिमिल्सिनाले “नेपाली चलचित्रमा कथा” शीर्षकमा विशेष सत्र सञ्चालन गर्नुभएको थियो।
    कार्यशालामा चलचित्र कथा–विज्ञान, कथाका आधारभूत तत्वहरू, पात्र निर्माण, संरचना तथा कथा लेखन प्रक्रियाबारे सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूले कार्यशालालाई उपयोगी, प्रेरणादायी र सिकाइमुखी भएको प्रतिक्रिया दिएका छन्।
    आयोजकका अनुसार चलचित्र कथा–लेखन सम्बन्धी कार्यशालाको तेस्रो संस्करण फागुन १६ गते सञ्चालन गरिनेछ।


    मंगलबार, २१ माघ २०८२
    सम्बन्धित समाचार
    Go