logo

२०८३ भाद्र २८ आइतबार

‘झिँगेदाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक

‘झिँगेदाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक

416
SHARES
‘झिँगेदाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक

आगामी असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा आमाको महिमा वर्णन गरिएको छ । यस गीतमा प्रमोद खरेल र मनीषा सुनारको स्वर रहेको छ भने डा। कृष्णहरि बरालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । यस गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल, चैत्यदेवीलगायतका कलाकारहरू देखिएका छन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजा लगायतका कलाकारहरूको अभिनय रहेको छ । मदनकृष्ण र मिथिला फिल्मको गीतमा मात्र देखिनेछन् ।

सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको यो फिल्ममा गोविन्द फुयाल र शिशिर चालिसेको कथा, परिच्छेद सेनलको पटकथा तथा संवाद विष्णु घिमिरे ९कल्पित०को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।


मंगलबार, १६ असार २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go