logo

२०८३ भाद्र ३० मंगलबार

‘मन बिनाको धन २’मा विपिन कार्कीको प्रवेश

‘मन बिनाको धन २’मा विपिन कार्कीको प्रवेश

559
SHARES
‘मन बिनाको धन २’मा विपिन कार्कीको प्रवेश

संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मन बिनाको धन २’मा एक पछि अर्को कलाकार थपिने क्रम जारी छ । यसले गर्दा कलाकारको लाइनअप बलियो बनेको छ । पूजा शर्मा, महेश त्रिपाठी, सरोज खनाल, किरण केसी यस अघि नै अनुबन्धित भइसकेका छन भने अब अभिनेता विपिन कार्कीको प्रवेश भएको छ । मंगलबार उनीसँग निर्देशक बुढाथोकीले लिखित सम्झौता गरेका हुन् । फिल्ममा विपिनको के हुने त्यो वारे निर्माण टिमले केही जानकारी गराएको छैन । तर फिल्मका लागि उनले आकर्षक पारिश्रमिक बुझेको जनाइएको छ ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा टंक स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन् । फिल्ममा बुढाथोकी स्वयंको संगीत रहनेछ । भदौ पहिलो साताबाट छायांकन सुरु गर्न लागिएको फिल्मलाइ विष्णु माया मैनालीले निर्माण गरेकी हुन ।
‘मन बिनाको धन’ संगीतकार बुढाथोकीको चर्चित गीतमध्ये एक हो । करिब ७ वर्षअघि रिलिज भएको यस गीतलाई अहिलेसम्म युट्युबमा तीन करोडभन्दा बढी पटक हेरिसकिएको छ । यो बाल गायक अशोक दर्जीको पहिलो गीत समेत हो । यही नामको यस अघिको फिल्ममा अशोक मुख्य भूमिकामा थिए । तर अव वन्ने फिल्ममा उनको अभिनयबारे कुनै जानकारी गराइएको छैन ।


बुधबार, १७ असार २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go