logo

२०८३ भाद्र ३० मंगलबार

को हुन् ‘गौँथली’का निर्देशक कपिल रिजाल ?

को हुन् ‘गौँथली’का निर्देशक कपिल रिजाल ?

468
SHARES
को हुन् ‘गौँथली’का निर्देशक कपिल रिजाल ?

यतिबेला चलचित्र ‘गौँथली’ चर्चाको केन्द्रमा छ । यसको विषयवस्तुले सुरुमा तानेका दर्शकलाई निर्माण टिमले गरेको प्रचार शैलीले थप आकर्षित गरिरहेको छ ।

प्रोमोसनको शैलीमा देखिएको केही फरकपन र कलाकारले गरेको मेहनत तारिफयोग्य छ । यसको गीत सार्वजनिक कार्यक्रममा ‘गौँथली’का मुख्य दुई कलाकार अरुण क्षेत्री र सिम्रन खड्का बेहुला र बेहुलीको भेषमा पुगेका थिए । किनकी त्यो गीतमा र सिनेमामा उनीहरु त्यही भेषमा थिए ।

यही मेहनत यी दुई कलाकारले चलचित्रको प्रचार अघि बढाउँदै जाँदा पनि गरिरहेका छन् । केही दिन अघि अरुण र सिम्रन एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिन त्यही भेषमा पुगे । सिनम्रनले आफू १५ वर्षको उमेरमै एक अटिजम भएको व्यक्तिसँग विवाह गर्न पुगेको बताइन् । अरुणले अटिजम भएको क्यारेक्टर सिनेमामा जसरी निभाएका छन्, त्यही क्यारेक्टरमा अन्तर्वार्ता दिए ।

सुरुमा धेरै साँच्चै कोही रियल क्यारेक्टरले अन्तवार्ता दिइहेको भनेर झुक्किएका थिए । जुन शैली यी दुई क्यारेक्टरले सिनेमाको प्रचारमा अपनाएका छन्, र मेहनत गरिरहेका छन् । यसले सिनेमालाई थप धेरै दर्शक माझ पुर्‍याएको छ ।

‘गौँथली’मा यो विषय उठान गर्ने र कलाकारले प्रचारका लागि यो शैली अपनाउन हौसला निर्देशक कपिल रिजाल र प्रकाश सुवेदीले दिएका हुन् ।

निर्देशक रिजालले यसअघि चलचित्र ‘ह्यारी कि प्यारी’ निर्देशन गरेका थिए । यसमा उनले पहिलोपटक जितु नेपाललाई हिरोका रुपमा ब्रेक दिएका थिए । ‘ह्यारी कि प्यारी’ उनको डेब्यु निर्देशन थियो ।

यसपटक पनि उनले जोखिम मोलेर अटिजमको विषय उठान गरेका छन् । यही विषयको उठान र प्रस्तुतिलाई दर्शकले मन पराइहेका छन्, जसले सिनेमाको हाइप बढाउने काम गरिरहेको छ ।

कपिल आफैँमा भने पेशाले चिकित्सक हुन् । लामो समय बेलायत बसेर उनले डेन्टल चिकित्सकको रुपमा काम गरेका थिए । तर, उनी पछिल्लो समय निर्देशनमा आइपुगेका छन् ।

कपिल स्त्री रोग विशेषज्ञ डा. भोला रिजालका छोरा हुन् । गीतकार र चलचित्रकर्मी समेत रहेका भोला रिजालको कलाप्रतिको समर्पणको छाप सानैदेखि कपिलमा पनि परेको थियो । त्यसैले त्यसको प्रभावस्वरुप ढिलै भए पनि कपिल चलचित्र निर्देशनमा आइपुगेका हुन् ।

डा. कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।


बिहिबार, १८ असार २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go