चर्चित कमेडी शो ‘कमेडी दरबार’को समूहले निर्माण गरेको पहिलो फिल्म ‘ककाकिकी’को टिजर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको टिजरमा पात्रहरूको चरित्रचित्रण गर्दै कथालाइ वुझाउने प्रयास गरिएको छ ।
टिजरमा फिल्मका चार मुख्य कलाकार गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठी छन् । उनीहरू आफ्नो गाउँ ‘कुलेबारी’का लागि एउटा योजना बनाइरहेको देखिन्छन् । सामाजिक विषयवस्तुलाई हास्य शैलीमा प्रस्तुत गरिएके टिजरमा देख्न सकिन्छ ।
माया इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको या फिल्मलाइ बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले निर्देशन गरेका हुन् । फिल्ममा माओत्से गुरुङ, मनोज गजुरेल, दीया मास्के, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर ९खबपु०, पवन खतिवडा ९म्याकुरी० लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
आगामी भदौ १९ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्ममा निर्देशक बिक्कीसँगै सरोज भण्डारी र विकास अर्यालको लेखन, बिक्की स्वयंको पटकथा,सुदिप बरालको छायांकन र मिलन बिक्रम शाहको सम्पादन रहेको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd