चलचित्र विकास बोर्डले प्रदर्शनरत फिल्मको कमाइ सार्वजनिक गरेको छ । वोर्डका अनुसार आइतबार मध्यरातसम्मको हिसाब हेर्दा घरेलु बक्सअफिसमा रमेश ‘जाँड’ को कमाइ खराब देखिन्छ । यो फिल्मले १ लाख १६ हजार रुपैयाँ ग्रस कमाउँन सफल भयो भने ५६९ जना दर्शकले मात्र हेरेका छन् । त्यस्तै ‘लालीबजार’ वर्षको सर्वाधिक कमाउने फिल्म बनेको छ । बोर्डका अनुसार २१ असारसम्म फिल्मले ९ करोड ३२ लाख ९ हजार ९२५ रुपैयाँ ग्रस कमाएको छ । यो अवधिसम्म फिल्मका ३ लाख १७ हजार १२ वटा टिकट बिक्री भएका छन् ।
त्यस्तै, फिल्म ‘रोल नं। १’ले ६९ हजार १६६ वटा टिकट बिक्री गर्दै आइतबारसम्म कुल १ करोड ७४ लाख ८५ हजार ६५८ रुपैयाँ ग्रस कमाएको छ भने अभिनेता जितु नेपालको लगानी तथा अभिनय रहेको फिल्म ‘आइएम जितबहादुर’ले भने ३१ लाख ३६ हजार ११२ रुपैयाँ ग्रस कमाइ गरेको छ । यो फिल्मले को ९ हजार ७४२ वटा टिकट बिक्री भएका छन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd