logo

२०८३ साउन ५ मंगलबार

जातीय विभेद र दुव्र्यवहार भएको आरोप लगाउँदै चलचित्र कलाकार संघमा औपचारिक उजुरी दर्ता

जातीय विभेद र दुव्र्यवहार भएको आरोप लगाउँदै चलचित्र कलाकार संघमा औपचारिक उजुरी दर्ता

117
SHARES
जातीय विभेद र दुव्र्यवहार भएको आरोप लगाउँदै चलचित्र कलाकार संघमा औपचारिक उजुरी दर्ता

अभिनेत्री काजल कर्णले चलचित्र ‘चिरञ्जीवी भवः’ को छायांकनका क्रममा आफूमाथि जातीय विभेद र दुव्र्यवहार भएको आरोप लगाउँदै चलचित्र कलाकार संघमा औपचारिक उजुरी दर्ता गरेकी छन् । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन पहल गर्न माग गरेकी छन् । संघका अध्यक्ष उत्तम केसीका अनुसार कर्णले इमेलमार्फत उजुरी दर्ता गराएकी हुन् ।
उजुरीमा उनले छायांकनस्थलमा आफूमाथि दुव्र्यवहार भएको दाबी गर्दै घटनामा संलग्न व्यक्ति तथा निर्माण टोलीमाथि स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेकी छन् । साथै, कलाकारमाथि यस्ता घटना पुनः नदोहोरिने वातावरण सुनिश्चित गर्न सम्बन्धित पक्ष प्रतिबद्ध हुनुपर्ने बताएकी छन् ।
उजुरी प्राप्त भएपछि अध्यक्ष केसीले दुवै पक्षलाई छलफलका लागि बोलाउने तयारी भइरहेको बताएका छन् । कर्णले सामाजिक सञ्जालमार्फत पनि आफूले कलाकार संघमा उजुरी दर्ता गरिसकेको र त्यससँग सम्बन्धित प्रमाणसमेत बुझाइसकेको जानकारी दिएकी छन् । न्यायका लागि अन्तिमसम्म लड्ने अडान व्यक्त गर्दै उनले यो संघर्ष आत्मसम्मान, सत्य र न्यायका लागि भएको बताएकी छन् ।
यता, चलचित्रका निर्देशक दीपकप्रसाद आचार्यले कर्णका आरोप अस्वीकार गरेका छन् । उनले कुनै पनि प्रकारको जातीय विभेद नभएको दाबी गर्दै कर्ण छायांकनमा समयमै उपस्थित नभएकाले उनको बाँकी भूमिका हटाइएको बताएका छन् । निर्माण पक्षले अधिकांश पारिश्रमिक भुक्तानी गरिसकेको र बाँकी रकम सम्झौताअनुसार डबिङपछि उपलब्ध गराइने जनाएको छ । साथै, मेकअप, पोशाक तथा व्यवहारसम्बन्धी सबै आरोप निराधार रहेको र छायांकनका क्रममा सबै कलाकारप्रति समान व्यवहार गरिएको दाबी गरेको छ ।




बुधबार, ३१ असार २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go